2026 April 23/ 03:16: 45am

धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले कार्यालयमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा डिठ्ठा बिनोद बस्नेत, तामेलदार रमेश घिमिरे र कार्यालय सहयोगी संगिता तिमिल्सिना छन् । 
    भाद्र २२ गते निजामती सेवा दिवसको अवसरमा नेपाल सरकारले स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजन गरी १७ औं निजामती दिवस मनाईएको थियो । उक्त दिवसको अवसरमा अदालतले कर्मचारीहरुको वर्षभरीको कार्यसम्पादनको स्तर, निजहरुले प्रवाह गरेको सेवाको गुणस्तर, सेवाग्राहीहरुसँग निजहरुले गरेको ब्यवहार, अदालत प्रतिको निष्ठा र समर्प्रण भाव तथा अदालतमा नियमित उपस्थिति समेतलाई अध्ययन गरी एक कार्यक्रमको आयोजना गरी पदसोपान अनुसार कर्मचारीहरुलाई प्रमाणपत्र सहित नगद ३÷३ हजार पुरस्कारबाट सम्मान गरी पुरस्कृत तथा अन्य कर्मचारीहरुको मनोबल तथा उत्प्रेरणा अभिबृद्धि गरिएको थियो । सोहि कार्यक्रममा जिल्ला न्यायाधिश पुरुषोतम ढकाल, न्यायाधिशहरु भिस्मराज प्रसाई, न्यायाधिश दुर्गा खड्का, श्रेस्तेदार गोविन्द घिमिरे लगायतले बधाई तथा शुभकामना ब्यक्त गर्दै सम्मानित तथा पुरस्कृत गर्नु भएको थियो ।