धुलिखेल/जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गए पछि देवीस्थान युवा विकास क्लबले कोरोना संक्रमण कोभिड –१९ को बारेमा जनचेतनामूलक कार्यक्रम गरेको छ ।
बनेपा हेल्थ केयरको सहकार्यमा देवीस्थान युवा बिकास क्लबले कोरोना संक्रमण कोरोना महामारीको समयमा जनचेतनामूलक पम्प्लेट टाँस्ने, माईकिङ गरि कोभिड विरुद्धको सचेतना सन्देश दिने, राजमार्गको छेउछाउका १२ स्थानमा माक्स, ह्यान्ड वास, बाल्टिन, सेनिटाइजर आदि सामाग्री बितरण गरेको क्लबका अध्यक्ष सुमन रानाभाटले बताउनु भयो । रानाभाटले काभ्रे स्वास्थ्य चौकीमा २ सय मास्क, ह्यान्ड वास १ वटा, बाल्टिन १ वटा, सेनिटाइजर १ र थर्मलगन १ वटा सामाग्री बितरण गरेको बताउनु भयो । कोरोना भाईरसबाट सुरक्षित रहनका लागि माक्सको प्रयोग, साबुन पानीले हात धुनुपर्ने र सामाजीक दुरी कायम गर्नुपर्ने, कसैलाइ पनि सामाजिक बहिष्कार नगरौ र सकारात्मक सोचको बिकास गरौ आदि सन्देशका साथ आम नगरवासीमा चेतना फैलाउँदै हिंडेका थिए । साथै क्लबले कोभिड–१९ उद्दार टिम पनि गठन भएको उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा ९ का वडा अध्यक्ष बसन्तबहादुर रानाभाट, काभ्रे स्वास्थ्यचौकीका प्रमुख बर्मा शाही, समाजसेवीहरु, देबिस्थान युवा क्लबका कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।





