2026 April 23/ 03:57: 28am

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ५ को आयोजनामा लामो समयदेखी घोकेचौर अस्पताल चोकमा फोहोर थुप्रिदै गए पछि ब्यबस्थापनका लागी समिति गठन गरेको छ । 
सन्तोष पराजुलीको अध्यक्षतामा फोहोर ब्यबस्थापन समिति गठन गरेको हो । जसमा उपाध्यक्ष श्रीकृष्ण मानन्धर, सचिब सुदर्शन दाहाल, कोषाध्यक्ष अन्जु सापकोटा र सदस्यहरुमा सुदिप दुलाल, मुकुन्द भट्टराई र धिरेन केसी रहेका छन् । समितिको सल्लाहाकारमा पुष्पराज कोईराला, होमप्रसाद तिमल्सिना र बद्रि तिमल्सिना रहनु भएको छ । समितिले उक्त ठाँउमा अब्यबस्थित रुपमा फालिएको फोहोरलाई फाल्न नदिने, नगरपालिकाको गाडीमा मात्र राख्ने, अस्पताल क्षेत्र संबेदनशिल भएका कारण सधै सफा राख्ने, वरीपरी बृक्षारोपण गर्ने अध्यक्ष पराजुलीले बताउनु भयो । वडा अध्यक्ष बलराम अधिकारीले उक्त ठाउँमा मात्र नभई वडाको कुनै पनि सार्वजानिक ठाउँमा फोहोर नफाल्न आग्रह गर्नु भएको छ । फोहोर फोलेको भेटेमा कानुन अनुसार कार्वाही हुने उहाँले बताउनु भयो । वडाले प्रत्येक चोकचोकमा सिसिटिभी, बत्तिको ब्यबस्थापन गरी निगरानी बढाएको उहाँले बताउनु भयो । वडा तथा नगरपालिका सफा राख्नु सबै वडाबासीको कर्तब्य रहेको हुदाँ ब्यबस्थापन समितिले वडासगँ समन्वय गरी सरसफाई अभियान चलाउने ब्यबस्थापन समितिका अध्यक्ष सन्तोष पराजुलीले बताउनु भयो ।