श्याम सापकोटा/नाला
बनेपा नगरपालिका वडा नम्बर ४ उग्रचण्डी नाला भगवती मन्दिर परिसरमा रहेको ऐतिहासिक सुर्यनारायणको मुर्ति चोरी भएको छ । गत मगंलबार उक्त मन्दिर परिसरबाट कलात्मक मूर्ति चोरी भएको हो । लिच्छविकालको कलात्मक ढुङ्गेधारा आकारको रहेको स्थानीय विद्हरुले बताएका छन् । देशैभरी महामारीको समयमा लकडाउन र निषेधाज्ञाका बिच सम्पदाहरु चोरी हुनु दुःखको कुरा रहेको स्थानीयहरु बताउँछन् । मूर्ति चोरी भएपछि खोजी कार्य तिब्र पारिएको प्रशासनले जानकारी दिएको छ ।





