धुलिखेल/प्रमुख जिल्ला अधिकारीको रुपमा २०७६ भाद्र २० गते काभ्रेपलाञ्चोक जिल्लामा आउनु भएका श्रवणकुमार तिमल्सिनाको झापा सरुवा भएसँगै उहाँको विदाई गरिएको छ । हिजो १७ गते बुधबारबाट उहाँले काभ्रेपलाञ्चोक जिल्लाको जिम्मेवारी छाडनु भएको छ ।
तिमल्सिनाले कार्यकालमा विकासमा सहजिकरण, शुसासन कायम र कोरोना भाईरस नियन्त्रणमा उल्लेख्य भूमिका खेलेको भन्दै जिल्लाबासीहरुको तर्फबाट बधाईका साथै विदाई गरिएको हो । उप–सचिव हुँदै काभ्रे जिल्लामा प्रजिअ हुनु भएका तिमल्सिनाको सह–सचिवमा बढुवा भएको थियो । विपद् ब्यवस्थापनमा स्थानीय सरकारहरुसँगको समन्वयमा उद्धार तथा उपचार भएको, महामारी नियन्त्रणमा विशेष भूमिका खेलेको भन्दै धुलिखेल नगरपालिका, बनेपा नगरपालिका र बेथान्चोक गाउँपालिकाले उहाँलाई औपचारिक रुपमै विदाई गरेका थिए । जिल्ला स्थित सुरक्षा समिति, कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन तथा विभिन्न क्षेत्रबाट तिमल्सिनाको कार्यकाल सफल रहेकाले आगामी दिन अझै सफल बनाउन शुभकामना ब्यक्त गरिएको थियो ।
त्यस्तै तिमल्सिनाहरुको छाता संगठन तिमल्सिना समाज काभ्रे र विन्धबासिनी तिमल्सिना प्रतिष्ठानको तर्फबाट तिमल्सिनालाई बधाई तथा शुभकामना ब्यक्त गरिएको छ । अध्यक्ष उद्धव तिमल्सिना, प्रतिष्ठानका अध्यक्ष केदार तिमल्सिना, समाजका सचिव रामप्रसाद तिमल्सिना, बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष नारायण तिमल्सिना लगायतले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्लामा पु¥याएको योगदानको कदर गरेका थिए । प्रतिष्ठान र समाजको तर्फबाट प्रजिअ तिमिल्सनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
काभ्रे उद्योग बाणिज्य संघले औपचारिक रुपमै प्रमुख जिल्ला अधिकारीको विदाई गरेको थियो ।





