2026 April 23/ 03:18: 03am

बनेपा/नेकपाका युवा नेता एवं समाजसेवी मुक्ति विष्टले कोरोना भाईरसबाट बच्न गुर्जाे प्रयोग गर्न जनचेतना जगाउँदै गुर्जाे उपलब्ध गराएका छन् । अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, जनप्रतिनिधिहरुका लागि विष्टले गुर्जाे उपलब्ध गराएका हुन् । 
बनेपा जनागाल घर भएका मुक्ति विष्टले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मर्फत जिल्लाका सम्पूर्ण सुरक्षाकर्मी, कोरोनाको उपचारका लागि बनेपाको आइसोलेनमा रहेका विरामी, धुलिखेल र बनेपा नगरपालिकाका प्रमुखहरु तथा विभिन्न क्षेत्रमा रहेर अग्रपंक्तिमा खटिने ब्यक्तिहरुलाई गुर्जो वितरण गर्नु भएको हो । गुर्जो सेवनले मानिसहरुको रोग प्रतिरोधी क्षमता वृद्घि हुने थाहा पाए सँगै आफू यस्तो अभियानमा लागेको उहाँले बताउनुभयो । विष्टले जिल्ला प्रशासन कार्यालय मार्फत ५ बोरा गुर्जो हस्तान्तरण गर्नुभएको छ हो । गुर्जो सेवनबाट विविध किसिमका रोगहरु निको हुने थाहा पाएसँगै आफूले जिल्लाका विविध क्षेत्रमा गुर्जो संकलन गरी वितरण गरिरहको विष्टले बताउनुभयो ।