2026 April 16/ 10:47: 33pm

  धुलिखेल/धुलिखेल नगरमा पतञ्जली योग समिति गठन भएको छ । राजु श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन भएको हो । 
    समितिमा उप संयोजकमा सीता सुवेदी र दिवाकर जंगम रहेका छन् । महामन्त्री पुञ्जलाल श्रेष्ठ, संगठन मन्त्री अरुणकुमार चित्रकार, कोषाध्यक्ष विष्णुप्रसाद शर्मा रहेका छन् । मन्त्री भवानी गुरुङ्ग, सदस्यहरुमा शंखबुद्ध लामा, खाईवा लामा, रमा ठकुरी, जयकृष्ण नर्सिङ्ग, कमला थापा, सुशिला हुमागाई, दिपा प्रधान र राधेश्याम श्रेष्ठ रहेका छन् । सल्लाहकारहरुमा हरि प्रधान, हरिकृष्ण यगोल, पुरुषोतम हुमागाई र देवकुमार ठकुरी रहेका छन् । पतञ्जली योग समिति धुलिखेलले विभिन्न समयमा योग सम्वन्धी कार्यक्रमहरु गर्दै आएको छ ।