2026 April 23/ 02:08: 11am

मथुरापाटी/काभ्रे जिल्ला फुटबल सघंका उपाध्यक्ष तथा समाजसेवी निरोज श्रेष्ठले नमोबुद्ध युवा क्लब सत्याल युवा समूह मथुरापाटीलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएको छ । 
कोरनाको माहामारीका बिच युवाहरुलाई खेलबाट समेत आत्मबल बढाउनका लागी खेलमा निरन्तर रहनु पर्ने उपाध्यक्ष निरोज श्रेष्ठले बताउनु भयो । खेलाडीहरुले खेललाई निरन्तरता दिई कोरना जित्न सक्छन् शारिरिक रुपमा फाईदा, स्वास्थ्व र स्वच्छ हुने भएकाले युवाहरुलाई भौतिकदुरी कायम गरी खेललाई निरनतरता दिन आग्रह गर्नु भएको थियो । श्रेष्ठले युवाहरुलाई ३ वटा भलिबल, नेट प्रदान गर्नु भएको थियो । र आगामी दिनमा खेलाडीहरुलाई ड्रेस लगाएतका अन्य खेल सामाग्री सहयोग गर्ने बताउनु भयो । सामाग्री हस्तान्तरण पछि युवा समूह सहसंययोजक रविन्द्र सत्यालले समाजसेवी तथा सहयोगी श्रेष्ठलाई धन्यवाद दिनुभएको थियो ।