2026 April 23/ 02:08: 11am

सल्लेभुम्लु/भुम्लु गाउँपालिकामा स्वास्थ्य प्रयोगशाला (ल्याब) को समेत स्थापना भएको छ । 
भुम्लु गाउँपालिकामा स्वास्थ्य प्रयोगशालामा सुरु भएसँगै त्यहाँबाट दर्जनौ परीक्षण गर्न सकिने गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुंवरले बताउनु भयो । अध्यक्ष कुंँवरले भुम्लु गाउँपालिका वडा नम्वर ८ मा रहेको स्वास्थ्य चौकीमा ल्याबको उद्घाटन गर्दै ल्यावबाट भुम्लुका नागरिकले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । नागरिकले पाउने अत्यावश्यक स्वास्थ्य सेवा दिलाउन गाउँपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउँदै उहाँले कोभिडको बिषय परिस्थितीमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने महान कार्यमा खटिनु भएका स्वास्थ्यकर्मीप्रति अध्यक्ष कुंवरले सम्मान व्यक्त गर्नु भयो । 
रगत, दिशा पिसाब लगायतका चेकजाँच गाउँमै हुने भएसँगै स्थानीयहरु समेत खुसी भएका छन् । गाउँमै ल्याब आएसँगै स्थानीय सरकारले निर्वाचनमा बोलेका प्रतिबद्धता पुरा गर्न थालेको स्थानीयले बताए । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा स्वास्थ्य प्रयोगशाला सुरु भएसँगै धेरै प्रकारका रोगहरुको परिक्षण गर्न सकिने उहाँले बताउनु भयो । ल्याब उद्घाटन कार्यक्रममा बडाअध्यक्ष मोतिलाल लामा, रमेश खरेल, प्रमुख प्रशासकीय अधिकृत मदन बजगाई, अधिकृत रुपक अधिकारी, स्वास्थ्य शाखाका प्रमुख सुदर्शन भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो । 
भुम्लु गाउँपालिकामा सबै बडामा स्वास्थ्य कार्यालय र भुगोल ठूलो भएको र जनसंख्याको आधारमा थप चारओटा स्वास्थ्य इकाइ समेत संचालनमा रहेको छ । प्रत्येक बडामा सुविधा सम्पन्न स्वास्थ्यचौकीका भवनहरुबाट स्वास्थ्य सेवा प्रवाह भैरहेको छ ।