2026 April 23/ 03:16: 46am

बनेपा/हरितालिका तिजको अघिल्लो दिन विहिबार घाँस काट्न गएको समयमा गएको पहिरोले बनेपा नगरपालिका वडा नम्वर ३ स्थित तीनघरेमा एक महिला पुरिएकी छिन् । 
५५ बर्षीया महिला मैया बजगाई घाँस काटिरहेको समयमा गएको पहिरोले निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका सुरेश केसीले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुले लगातर खोजतलास गरेका थिए । उनीसँगै घाँस काट्न गएका अन्य सुरक्षित छन् ।