2026 April 23/ 03:17: 42am

बनेपा/ज्यासननी टोल सुधार समितिको आयोजनामा लायकु आसपास क्षेत्र तथा टोलमा एक हप्ते सरसफाई अभियान सम्पन्न गरेको छ । 
टोल सुधार समितीका अध्यक्ष विक्रम प्रजापतिका अनुसार कोरोना महामारी फैलिदै गएपछि टोलबासीहरुलाई सचेतना कार्यक्रम तथा सरसफाई अभियान शुरु गरिएको बताउनु भयो । टोलमा भिडभाड नगर्न, सरसफाईलाई तिब्रता दिने नयाँ मान्छे आउँदा सचेत भई सम्बन्धित ठाउँमा खबर गर्ने, साबुन पानीले हात धोएर र मास्क लगाएर मात्र टोलमा प्रबेश गर्ने लगायतका सचेतना अभियान सञ्चालन गरिएको प्रजापतिले बताउनु भयो । टोल सुधार समितिले यसअघि पनि टोलमा विभिन्न सामाजिक कार्यहरु गर्दैे आएको छ । टोलमा आमा समुह, गठन गरि विभिन्न सिपमुलक तालिम, आफ्नो सस्कृति जोगाउने परम्परा, युवाहरुलाई खेलकुद, धिमेबाजा सिकाउने, रक्तदान लगाएतका कार्य गरेको प्रजापतिले बताउनु भयो ।