2026 April 23/ 03:17: 40am

धुलिखेल/धुलिखेल नगरपालिका वडा न ३ स्थित बतासे डाँडामा केही हप्ता आगाडि स्थानीय युवाहरुले प्रतिस्थापन गरिएको पौराणिक किराँतकालिन मूर्ति हुन सक्ने अनुमान पुरातत्वबिद्हरुले गरेका छन् ।
सडक निर्माणको क्रममा पनौती रोशी खोलाबाट ढुङ्गा ल्याउदा ढुङ्गासँगै उक्त मूर्ति धुलिखेल ३ आईपुगेको थियो । स्थानीय उपभोक्ता समितिका युवाहरुले सोही बाटो बनाउने क्रममामा सोही स्थानमा मुर्ति प्रतिस्थापन गरेका थिए । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जुलाई उक्त मूर्तिका बारेमा स्थानीय उपभोक्ता समिति र युवाहरुले जानकारी गराएका छन् । नगर प्रमुख ब्याञ्जुसँगको छलफल पछि मूर्तिको सुरक्षाका लागि स्थानीय युवाहरु सिबि तामाङ, सुरेन्द्र पराजुली, हिरा ब. तामाङ, सुन्दर लामा, राम प्र नेपाल लगायतका युवाहरुको उपस्थितिमा सकुशल निकाली धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।