2026 April 23/ 03:18: 02am

रोशी/रोशी गाउँ पालिका ३, शिखरमा ८० वर्षका वृद्ध पञ्चवीर लामालाई आक्रमण गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गरिएको छ ।
शनिबार बृद्ध पञ्चविरलाई श्याम लामा, प्रेम लामा र पोते लामाले आक्रमण गरेका थिए । पञ्चविरको टाउकोमा गम्भीर चोट लागेको छ । पञ्चविरका छोरा कान्छा लामा, बुहारी लप्साङ् लामा, कान्छीमाया र पासाङ् लामालाई समेत कुटपिट गरि घाइते बनाएका छन् । घाइते पञ्चवीरलाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ भने घटनामा संलग्नहरु मध्ये श्याम लामालाई प्रहरीले पक्राउ गरेको छ । छोरा पञ्च लामाले प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।