2026 April 23/ 03:17: 43am

नमोबुद्व/नमोबुद्ध नगरपालिका वडा नम्वर १० का नागरिकहरुलाई कोरोनाबाट सुरक्षित बनाउन वडा अध्यक्ष रामकृष्ण अधिकारीले घर घर सुरक्षाका स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ । 
कोरोनाको संक्रमण फैलदै गए पछि नागरिकहरुहरु सुरक्षित रहन र घर बाहिर निस्कनै परेको अवस्थामा सुरक्षाका उपाय अपनाउन सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री उपलब्ध गराईएको अध्यक्ष रामकृष्ण अधिकारीले बताउनु भयो । वडा भित्र रहेका ३ हजार ७ सय नागरिकहरुका लागि एन नाईन्टी फाईभ माक्स उपलब्ध गराईएको छ भने ७ सय नागरिकहरुका लागि मेडिकल मास्क उपलब्ध गराईएको छ । प्रत्येक ब्यक्ति मास्क विना घर बाहिर ननिस्कन अनुरोध गर्दै सचेतनामूलक जानकारी सहित उक्त सामाग्री उपलब्ध गराईएको अध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । नागरिकहरुका लागि मास्क सहित प्रति एक घर एक÷एक डल्ला हात धुने साबुन र एक÷एक बोतल स्यानिटाईजर उपलब्ध गराईएको छ । वडामा रहेको विपद् ब्यवस्थापन समिति, स्थानीय राजनीतिक दल, वडामा निर्वाचित सदस्यहरु, टोल सुधार समिति तथा अन्य संघ संस्थाको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको थियो । 
वडा अध्यक्ष अधिकारीले नागरिकहरु सुरक्षित रहि संक्रमण फैलन नदिन उक्त कार्य गरेको बताउनु भयो । अत्यावश्यक कार्यमा मात्रै बाहिर निस्कन, निस्कनै परे सुरक्षाका उपनाय अपनाउन र सामाजिक दुरी कायम राख्न अनुरोध गरिएको छ । वडाका प्रत्येक ब्यक्तिलाई मास्क सहितका सुरक्षा सामाग्री वितरण गराउने अधिकारी पहिलो वडा अध्यक्ष हुन् ।