2026 April 23/ 03:18: 02am

धुलिखेल/विगत १३ वर्ष देखि भारतको कलकत्तामा कार्यरत सुनकोशी–६, सिन्धुली निवासी ४७ वर्षीय पुरुष गत असार १७ गते कोभिड संक्रमणको लक्षण देखा परेपछि असार २४ गते काँकडभित्ता हुँदै नेपाल फर्कने क्रममा सिन्धुली आएका थिए । 
स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई असार २८ गते धुलिखेल अस्पतालमा ल्याइर्एको थियो । कोभिड १९ को लक्षण भएका कारण तत्काल पीसीआर स्वाब लिई आइसोलेसन कक्षमा राखी उपचार शुरु गरिएको थियो ।  पीसीआर रिपोर्ट पनि पोजेटिभ आयो । यसअघि निजमा मधुमेह, उच्च रक्तचाप एवं मृगौलाको समस्या नभएको बताएका थिए । कोभिड निमोनिया विकसित भएको देखियो । स्वास्थ्य स्थिति क्रमशः जटिल बन्दै गएको कारण उनलाई असार ७ गते अस्पताल परिसरमा कोभिड लेवल ३ का लागि बनाईएको छुट्टै आईसीयू कक्षमा सारियो । क्रमशः स्वास्थ्य अवस्था गम्भिर भएसँगै निजलाई भेन्टिलेटरमै राखी उपचार गर्नुप¥यो । आठ दिन सम्मको सघन उपचारपछि विरामीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै आयो । पछि साउन ५ गते भेन्टिलेटरबाट निकालियो । केही दिन आइसीयू कक्षमै राखी आवश्यक औषधिहरु चलाइ स्वास्थ्यमा सुधार देखिए पछि साउन ११ गते पीसीआर टेष्ट दोहो¥याएर जाँच गर्दा रिपोर्ट नेगेटिभ देखियो । त्यसपश्चात निजलाई आइसीयू कक्षबाट आइसोलेसन कक्षमा स्थानान्तरण गरी अक्सिजन सपोर्टमा  राखिएको थियो । १८ दिनको थप उपचार पश्चात श्रावण ३० गतेका दिन उनी पूर्ण स्वस्थ भै अस्पतालबाट डिस्चार्ज भएका थिए । कोभिड १९ कारण आइसीयूमा राखी, भेन्टिलेटर प्रयोग पश्चात बाँच्न सफल भएका विश्वका विरलै घटनाहरु मध्ये यो पनि एक हो । नेपालका लागि सम्भवतः यो पहिलो हुन सक्ने अस्पतालका प्रशासकिय निर्देशक रमेश माकजुले बताउनु भयो । अस्पताल उनको उपचार गर्न पाउँदा खुशी भएको बताएको छ । उपचारका क्रममा संलग्न चिकित्सकहरु, नर्सहरु, कम्युनिटी मेडिसिन, चिकित्सकहरु एवं अस्पतालका सम्पूर्ण कर्मचारीहरुमा अस्पतालले धन्यवाद दिएको छ ।