2026 April 23/ 02:09: 42am

धुलिखेल/निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकले १७ औं निजामती सेवा दिवस २०७७ का अवसरमा जिल्ला विपद् ब्यवस्थापन समितिलाई सहयोग उपलब्ध गराएको छ । 
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकको लागत तथा तदारुकतामा राष्ट्रियस्तरका ट्रेड युनियनहरु र कर्मचारी मिलन केन्द्रको सहभागितामा कोभिडको माहामारी बढ्दै गईरहेको परिप्रेक्ष्यमा उक्त रोगको रोकथामको लागि ५ हजार थान माक्स उपलब्ध गराईएको हो । फ्रण्ट लाईनमा कार्यरत राष्ट्रसेवकले पाउने गरी जिल्ला कोभिड नियन्त्रण कमाण्ड पोष्टका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडालाई कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकका अध्यक्ष राजकुमार हुमागाई, उपाध्यक्ष गायत्रीरमण घिमिरे, सचिव हरिकृष्ण तिमल्सिना लगायतले हस्तान्तरण गर्नु भएको थियो । 
सोहि कार्यक्रममा धुलिखेल नपाका नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ, उपप्रमुख विमला कुमारी शर्मा चौंलागाई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई तिमल्सिना, कर्मचारी मिलन केन्द्रका कार्यबाहक अध्यक्ष डा मोगल प्रसाद शाह, आधिकारिक ट्रेड युनियन काभ्रेका अध्यक्ष राज कुमार हुमागाई, नेपाल निजामती कर्मचारी संगठन काभ्रेका अध्यक्ष सरदचन्द्र थापा, नेपाल निजामती कर्मचारी युनियन (संघ) काभ्रेका अध्यक्ष पर्शुराम थापा, राष्ट्रिय कर्मचारी संगठन (निजामती) काभ्रेका अध्यक्ष श्री रामबहादुर तामाङ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।