पाँचखाल/नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्र पुरस्कृत भएको छ । विद्युत प्राधिकरणको ३५ औ वार्षिकोत्सबको उपल्क्ष्यमा पाँचखाल वितरण केन्द्र पुरस्कृत भएको हो ।
पाँचखाल वितरण केन्द्रले नयाँ स्थापना भएको कार्यालय भए पनि विद्युत्त चोरी नियन्त्रण गरी २४ प्रतिशतबाट घटाई १५ प्रतिशत कायम गर्न सफल भएको, बाँकी बक्यौता असुलीमा तिब्रता दिई बार्षिक महशुल संकलन १ सय २ प्रतिशत कायम गरेको, ७० प्रतिशत काठका पोलहरु बदली गरेको, कोभिड १९ को संक्रमणको परिस्थितीमा पनि पुँजीगत कार्यतर्फ ९३ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको भन्दै पुरस्कृत गरेको हो । नेपाल विद्युत प्राधिकरणको उच्च ब्यबस्थापनबाट निरन्तर प्राप्त निर्देशन तथा मार्गदर्शनलाई जुनसुकै अबस्था र समयमा पनि सकारात्मक किसिमले कार्य सम्पादन गर्नको लागि वितरण केन्द्रको टिमले सशक्त रुपले साथ दिँदा छोटो समयावधिमा नै नमुना शाखा बनाउन सम्भब भएको केन्द्र प्रमुख ई. मेघनाथ ढकालले बताउनु भयो ।





