2026 April 23/ 02:09: 43am

बनेपा/नेपाल सरकार, मानानीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रे र प्याबसन काभ्रेको संयुक्त आयोजनामा एक दिने “डिजिटल लिर्नङ्ग प्लेटफर्म इन एजुकेशन” विषयक आईसिटि बेविनार कार्यक्रम सम्पन्न भएको छ । 
वेविनार कार्यक्रमको सभापतित्व क्यान महासंघ काभ्रे शाखाका अध्यक्ष विकास पन्तले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव देवकी आचार्य दुलालले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई क्यान महासंघ काभ्रे शाखाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक श्रवणकुमार आचार्यले सहभागी लाई स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री गिरिराजमणी पोखरेलले कोभिड १९ ले कारण हामी अप्ठा्यारो अवस्थामा छौ, शिक्षा क्षेत्रलाई आक्रान्त बनाएको छ, कक्षाकोठाको परम्परागत सिकाई पद्दतीलाई चुनौती खडा गरिदिएको बताउनु भयो । घरलाई शिक्षालय बनाउनु पर्ने अवस्था आएकोले स्वयं सिकाईको प्रक्रियालाई अवलम्बन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो । कोभिड १९ ले हामीलाई कति समय असहज बनाउने हो कुनै निश्चित नभएका कारण अब हामीले बैकल्पिक पद्दतीलाई अवलम्बन गरि सम्भव भएसम्म सुचना प्रविधिको माध्यमबाट पनि शिक्षालाई प्रविधि मैत्री बनाई सुचारु गर्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो । 
कार्यक्रमका विशिष्ठ अतिथी क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवरले  कोभिडको प्यान्डेमिक अवस्थामा शिक्षण संस्थाहरुको पाठ्यक्रमलाई अगाडि बढाउन सुचना प्रविधि र अनलाईन शिक्षाको विकल्प छैन, सबैले प्रविधिको जोड दिऔं, क्यान महासंघ केन्द्र, प्रदेश, जिल्ला र स्थानियतहसँग प्रविधिका विषयमा छलफल र सहकार्य गर्न तयार रहेको जानकारी गराउनु भयो । कार्यक्रमा आईसिटि एजुकेशन क्षेत्रका विज्ञ, क्यान महासंघका सचिब रेगबहादुर भण्डारीले अनलाईन एजुकेशनमा प्रयोग गर्न सकिने डिजिटल लर्निङ्ग पोर्टल÷प्लेटफर्म र शिक्षक शिक्षिकाहरुलाई अनलाइन समाग्री निमार्ण गर्न प्रयोग हुने विभिन्न डिजिटल एजुकेशनल टुल्सकाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा अर्को कार्यपत्र प्रस्तोता माइक्रोसफ्ट इनोभेटर एजुकेटर प्रशान्त धेवाजुले माईक्रोसफ्ट अफिस ३६५ अनलाईन एजुकेशनमा प्रयोग गर्न सकिने र आगामी दिनमा डिजिटल एजुकेशनल टुल्सको प्रयोगबाट शिक्षा क्षेत्र अगाडी बढाउन टेक्निकल सपोर्ट गर्न माईक्रोसफ्ट अफिस तयार रहेको जानकारी गराउनु भयो । 
त्यस्तै डिजिटल एजुकेशनल टुल्सकाका बारेमा आफूले प्रयोग गरेको र धेरै प्रयास पछि निरन्तरता दिन सफल भएको अनुभव प्राईम क्याम्पसका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठले गर्नु भएको थियो । 
क्यान महासंघ काभ्रे शाखाका सह सचिब असोक कुईकेलले अब हामी डराएर होइन काम गरेर अगाडी बढनु पर्ने र काभ्रेमा केहि सामुदायिक विद्यालयले प्रयोग गरि सकेको जानकारी गराउनुु भएको थियो । क्यान महासंघका सचिब शेखरनाथ दुलालले डिजिटल टुल्सको प्रयोग गरी सकेसम्म घरबाटै स्कुल क्याम्पस अध्ययन गरी जुन अहिले कोभिडले निम्त्याएको समस्यालाई केहि हदसम्म समाधान गर्न डिजिटल प्रविधिको माध्यम बाट समाधान गर्न  क्यान महासंघका तयार रहेको जानकारी गराउनु भयो । प्याब्सन काभे्र शाखाका अध्यक्ष पुर्णकुमार श्रेष्ठ, कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रे शाखा संग सहकार्य गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गनर््ु भयो । क्यान महासंघ काभ्रे शाखाका आफैं पनि जिल्लामा सुचना प्रविधिको विकास, विस्तार र प्रबद्र्धन गर्दै गाँउ–गाउँ सम्म सुचना प्रविधिको पहुँच पु¥याउन विभिन जनचेतनामुलक कार्यक्रमहरु गरि समाजमा योगदान प्रदान गर्दै आएको शाखा भएकाले केन्द्रीय समिति र प्रदेश समितिबाट समन्वय र पूर्ण सहकार्यको अपेक्षा सहित कार्यक्रमा उपस्थित प्रमुख अतिथि, अतिथि,र सम्पूर्ण कार्यक्रममा सहभागी पत्रकार साथीहरु, क्यान महासंघकाभ्रेका पदाधिकारीज्यूहरु, सदस्यज्यूहरु, विभिन्न क्याम्पसका प्रमुखज्यू, विद्यालयका प्रधानाध्यापकज्यूहरु, शिक्षकशिक्षिकाज्यूहरु र अन्य सम्पूर्ण सहभागीज्यूहरुमा धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन क्यान महासंघ काभ्रेशाखाका अध्यक्ष विकास पन्तले गर्नु भयो ।