रवि/धुलिखेल नगरपालिका वडा नम्बर २ चप्लेटीमा अस्थायी बसोबास गर्ने स्थायी बसोबास मोरङ बताउने बाबु र आमा कोहि पनि नभएका बालबालिकालाई बनेपा नगरपालिका समाजसेबी रत्न श्री मार्केटिङ्गका निर्देशक रत्नकुश रञ्जितले खाद्यान्न हस्तान्तरण गर्नु भएको छ ।
समाजसेवी रत्नकुश रञ्जितले असाहय र गरिबहरुलाई सकेसम्म सहयोग गर्दै आएको बताउनु भयो । आफ्नै सहयोगमा १६ जना बालबालिकाहरुलाई विभिन्न विद्यालयमा अध्यापन गराईरहेको र उक्त परिवारको समेत १ जनालाई आफुले जिम्मा लिने बताउनु भयो । रञ्जितकारले विभिन्न समाजिक सघं सस्था, ब्यक्तिहरुलाई समेत सहयोग गर्दैे आउनु भएको छ । कोभिड –१९ को महामारीमा राहत वितरण देखी २०७२ सालको भुकम्पमा समेत धेरै खाद्यान्न, नगद समेत सहयोग गर्दैे आउनु भएको छ । बालबालिकाहरुलाई रञ्जितकारले आगामी दिनमा समेत सहयोग गर्ने र १ बालकको जिम्मा लिने बताउनु भएको छ । निज बालबालिकाहरु १२ , १०, ७ र ४ वर्षका रहेका छन् । उनिहरुको बाबु विगत ३ वर्ष देखी बेपता भएका र आमा छोडेर गएको जेठा बालक नविन दाहालले बताए । दाहालले आफुहरुको बस्ने समेत ठाँउ नभएकाले बस्न खान र पढने ईच्छा रहेको बताए । बाबु र आमा दुबै जनाले छोडेर गएपछि मेरो काँधमा रहेको नविन दाहालले वताए । भाई बहिनीहरु बा र आमा खोज्छन् मैले के भनेर उत्तर दिन नै नसकेको उनले भने । यस अगि वडा कार्यालयले र स्थानीयबासीहरुले सहयोग गर्दैे आउनु भएको दाहालले वताए । वडा अध्यक्ष देवप्रसाद कोईरालाले वडाले सकेसम्म हेरिरहेको बताउनु भयो । वडाले मात्रै नसक्ने भएकाले विभिन्न सघं संस्थाहरुलाई सहयोगको लागी अनुरोध गर्नु भएको छ । कोईरालाले उनिहरुलाई पढ्न र खान बस्ने ब्यस्थाका लागी वडाले गर्नु पर्ने सहयोग गरिरहेको समेत बताउनु भयो । उनिनहरु हाल मामाघरको हजुरआमाको संरक्षणमा रहेका र हजुरआमा समेत मोरङ नै फर्किने हुदाँ बालबालिकाहरुलाई संरक्षण गर्न गाह्रो परेको कोईरालाले वताउनु भयो । खाद्यान्न वितरणमा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा सदस्य टिकाबल्लभ सापकोटा लगाएतको सहभागिता रहेको थियो ।





