2026 April 23/ 01:43: 33am


बनेपा/काभ्रे जेसिज, काभ्रे महिला जेसिज, बनेपा जुनियर जेसिजको संयुक्त आयोजनामा बनेपा हँुदै टनचोक सम्म हाईकिङ्ग गरेको छ । 
“स्वास्थ्यको लागी हाईकिङ्ग” भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको काभ्रे जेसिजका अध्यक्ष रिकेस श्रेष्ठले बताउनु भयो । कोरानाको कारण मानिसमा बढेको त्रासलाई केहि हदसम्म कम गराउनका लागि उक्त हाईकिङ्गको आयोजना गरिएको श्रेष्ठले बताउनु भयो । हाईकिङ्गमा पूर्व सञ्चार राज्यमन्त्री कन्चनचन्द्र बादे, काभ्रे महिला जेसिजका अध्यक्ष भगवती श्रेष्ठ, बनेपा जुनियर जेसिजका अध्यक्ष रसिक शाक्य लगायत ३८ जनाको सहभागिता रहेको थियो ।