बनेपा/बनेपा नगरपालिका वडा नम्बर ९ आजाद टोलसुधार समितिको आयोजनामा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।
बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । अन्तक्र्रिया कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष मुकुन्द तिमल्सिनाले टोलमा भएका समस्या नगर प्रमुख समक्ष राखेका थिए । टोलमा शान्ति सुरक्षमा विशेष ध्यान दिनुपर्ने, सडक कालोपत्रे, फोहोर मैला ब्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, सडक बत्ति मर्मत लगायतका समस्या रहेको टोल सुधार समतिको तर्फबाट अध्यक्ष मुकुन्द तिमल्सिनाले राख्नु भएको थियो । उक्त समस्याको समाधान गर्न नगर प्रमुख लक्ष्मी नरसिं बादेले पहिलो विकासको काममा टोलबासी र स्थानीय नै सक्रिय हुनुपर्ने बताउनु भयो । स्थानीयवासीहरुले समस्या राखेपछि नगरपालिकाले समाधान गर्न तिर लाग्ने भएकाले सर्वप्रथम स्थानीयको सक्रिय बढाउन आग्रह गर्नु भएको थियो । निर्वाचनका समयमा गरेका प्रतिबद्धतालाई मर्न नदिने नगर प्रमुख बादेले बताउनु भयो । हामीले बाचा गरेका प्रतिबद्धताहरु पूरा गएका छन्–बादेले भन्नुभयो फोहोर मैला ब्यबास्थापन केहि समयमा नै समाधान हुने, एकिकृत खानेपानी केहि महिना पछि सञ्चालन हुने, अरनिको राजमार्ग दायाँ बायाँ सुधारको काम भैईरहेको, प्रत्येक वडा कार्यालयमा जाने सडक कालोपत्रे गर्न लागिएको, बनेपाको लाईफलाई योजना करिडोरको निर्माण कार्य शुरु भएको, चण्डेश्वरी देखी गोसाईकुण्डमा १४ सयवटा सिँढी निर्माण र बनेपा नगरपालिका भित्र रहेका पुरातात्विक सम्पदाको संरक्षण गर्न लागिएको बताउनु भयो ।
कार्यक्रममा टोलसुधारका सदस्यहरुले निर्वाचनका समयमा मात्र नभई समय समयमा जनताको आँगनमा नै आएर गुनासो सुन्न आग्रह गरेका थिए । कार्यक्रममा समाजसेवीहरु विक्रम प्रजापति, मंगलमान प्रजापति, सिताराम दाहाल लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।





