बनेपा/राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभा जिल्ला बचत संघका कोषाध्यक्ष जितेन्द्र नकर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी नकर्मीले कोरोनाको महामारीका बिच सहकारीले सदस्यहरुलाई सेवा दिएकोमा धन्यबाद दिएका थिए । आफुले जोखिम मोलेरै भएपनि सदस्यहरुलाई सेवा दिनु भनेको सहकारी सदस्यमुखी भएको बताउनुभयो । अब सहकारीले सेवा मात्र नभई सदस्यहरुलाई विशेष प्याकेज ल्याई राहत समेत प्रदान गर्नुपर्ने नकर्मीले भन्नुभयो । साधारण सभामा मञ्जुश्री साकोसका अध्यक्ष अशोककुमार श्रेष्ठ, युएम साकोसका अध्यक्ष रोशन श्रेष्ठ लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सभामा संस्थाका आर्थिक बर्ष २०७६÷०७७ को वार्षिक प्रतिबेदन सचिव सजना मानन्धरले र आर्थिक प्रतिवेदन कोषाध्यक्षले प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पूँजी ६६ लाख ३२ हजार निक्षेप ४ करोड ५१ लाख ७० हजार ३ सय १३ रहेको जनाएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी बनेपाका ब्यवस्थापक सबिता मानन्धर र भकुण्डे शाखाकी बजार प्रतिनिधि संगीता रेग्मीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाका उत्कृष्ट भागबत श्रेष्ठ, लक्ष्मी मधिकर्मी, सलिना सापकोटा, गंगादास श्रेष्ठ, बाल बचत सोफिया श्रेष्ठ, क्रियुश सोजु र उत्कृष्ट ऋणी शोभा लामा, पेमा लामा, जेष्ठ सदस्य ज्ञान बहादुर लामा लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष कमल अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।





