2026 April 23/ 01:39: 58am

बनेपा/काभ्रे आईटिएफ तेक्वान्डोका संस्थापक अध्यक्ष राज मन्दिर श्रेष्ठ यो वर्षको नेपाल अधिराज्यभर मा उत्कृष्ट प्रशिक्षक छानिनु भएको छ । 
नेपाल अन्तराष्ट्रिय तेक्वान्डो महासघंको २३ औ वार्षिक दिवसको दिनमा श्रेष्ठलाई उपाधि सहित सम्मानित गरिएको थियो । त्यसै गरी रोल्पा आई टि एफ तेक्वान्डो सघं द्धारा आयोजित रोल्पा खुल्ला जुनियर अनलाई तेक्वान्डो प्रतियोगितामा काभ्रे आईटि एफ का शशांक नापित गोल्ड मेडल,कृति शाक्य, सिल्भर मेडल र साईना श्रेष्ठले सिल्भर मेडल प्राप्त गरेका थिए । काभ्रे आई टि एफ का युनिस गौतम पुरुष तर्फ नेपालको सर्वाेकृष्ट खेलाडीमा छनौट भएका छन् ।