धुलिखेल । धुलिखेल नगरपालिकाले बाल मैत्री नगरपालिका घोषणाका लागि सबै वडाहरुमा गठित बालक्लबहरुको सुदृढीकरणका लागि स्टेस्नरी र खेलकुलका सामग्री वितरण गरेको छ ।
धुलिखेल नगरका ६ वटा वडा बालमैत्री घेषण भैईसकेका र बाकिँ ६ वटा वडा लाई घेषण गरी धुलिखेल नगर लाई बालमैत्री नगर घोषणा गर्ने योजना अनुरुप नै कामहरु भइरहेको नगर प्रमुख अशोक व्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिकाले बालबालिकाको हक अधिकार सुनिश्चित गराउने उद्देश्यले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा जोड दिदैँ आएको समेत व्याञ्जुले बताउनुभयो ।
। अब सन् २०२० सम्ममा धुलिखेल नगरपालिकालाई नै बालमैत्री नगर घोषणा गर्ने नगरको योजना अनुसार धुलिखेल नगरपालिकामा गठन भएको ५५ वटा बालक्लबहरुलाई खेलकुद र बालक्लब संचालनमा चाहिने आवश्यक सामग्री हस्तान्तरण गरेको हो । खेलकुद सामाग्री हस्तान्तरण गर्दे शिक्षा शाखा प्रमुख माधब शर्माले वालबालिकाहरुलाई पढाईको सगै खेलकुद समेत आवश्यक भएकाले उक्त खेलकुद सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो । शर्माले भन्नुभयो नगरले दिने मात्र होईन बालबालिकाहरुले सहिरुपमा उक्त सामानको सदुपयोग गर्नु पर्छ । कार्यक्रममा धुलिखेल नगरपालिका वडा ४ का वडा अध्यक्ष रविन्द्र कर्मचार्य, ५ का वडा अध्यक्ष गंगासागर रञ्जीत, १० का वडा अध्यक्ष उवं प्रवक्क्ता पुष्प राउत, ११ का वडा अध्यक्ष विष्णु धिताल, १२ का वडा अध्यक्ष हर्क तामाङ, धुलिखेल नगरपालिका सामाजिक शाखा प्रमुख विदुर गौतम लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा धुलिखेल नगरका ५ वटा वडाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन ५ गते बालमैत्री वडा घोषणा गर्नुभएको जानकारी दिईएको थियो ।





