देवीटार/धुलिखेल नगरपालिका वडा नम्बर १ रहेको नवनिर्मित कृष्ण मन्दिरको कृष्ण जन्माष्टमीको दिन पारी उद्घाटन गरिएको छ ।
मन्दिरको उद्घाटन धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्माले गर्नु भएको थियो । शर्माले धुलिखेल नगरपालिका भित्र रहेका सम्पूर्ण सम्पदा, धर्म, संस्कृति र परम्परा जोगाउन सबै लाग्नु पर्ने बताउनु भयो । विभिन्न जातजातीका आफ्ना–आफ्ना संस्कृतिहरुलाई सबैले जोगाउनु पर्ने शर्माले वताउनु भयो ।
कार्यक्रममा कृष्ण अष्टमीका दिन राधा कृष्ण मुर्ति स्थापना गरी मन्दिरको समेत उद्घाटन गरिएको थियो । विकास भनेको भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य, सम्पदा, कृषिमा समेत विकास हुनुपर्ने शर्माले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष रमेश प्रसाद घोरसाईनेले वडामा सबै जातजातीको संरक्षण र सँस्कृति जोगाउनका लागी मन्दिरको स्थापना गरिएको बताउनु भयो । मन्दिर निर्माणका लागी तत्कालीन देवीटार गाविस, जिल्ला विकास समिति र धुलिखेल नगरपालिकाले आर्थिक सहयागे गरेको घोरसाईनेले बताउनु भयो । मन्दिर निर्माणका लागी स्थानीय स्तरबाट श्रमदान गरी आफ्नो सँस्कृति जोगाउन स्थानीय नै लागेको समेत वडा अध्यक्ष घोरसाइनेले बताउनु भयो । घोरसाईनेले राधाकृष्णको मुर्ति स्थापनाका लागि स्थानीय ज्ञानबहादुर बुढाथोकीले सहयोग गर्नु भएको थियो भने कार्यक्रममा नै मन्दिरको संरक्षणका लागी रु १ लाख संकलन भएको थियो ।
कार्यक्रम पश्चात उक्त मन्दिर संरक्षणका लागि वडा सदस्य टिका प्रसाद घोरसाईनेको अध्यक्षतामा ९ सदस्यको समति गठन गरेको छ । जसमा सह–संयोजक सुदर्शन सापकोटा, सचिव अर्जुन घोरसाईने लगायत रहेका छन् । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष देव प्रसाद कोईराला, स्थानीय समाजसेवी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम मन्दिर निर्माण समिति अध्यक्ष बालकृष्ण घोरसाईनेको अध्यक्षता रहेको थियो ।





