2026 April 23/ 01:40: 01am

बनेपा/कविताका नयाँ स्वरुप बोकेर आएको ‘साइनो’ विधाका दुईटा कविता सङ्ग्रह छायादत्त न्यौपाने ‘बगर’, केशव ज्ञवाली ‘आगत’, खेमलाल पोखरेल, सीता सुवेदी ‘पन्थी’ र बालकुमार क्षेत्री ‘साइनो’द्वारा सम्पादिततथा साइनो वाङ्मय प्रतिष्ठान नेपालबाट प्रकाशित ‘साइनो सारथि’ पुस्तकको र कवि हरिप्रसाद चौलागाईंद्वारा लिखित ‘ब्रह्माण्ड’ साइनो सङ्ग्रहको विमोचन गरिएको छ । 
कार्यक्रमको उदघाटन जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष तथा साहित्यकार मोहन दुवालले गर्नु भएको थियो । साथै दुईटा पुस्तक लोकार्पण गरी कार्यक्रम संचालन गर्नुभयो । ‘जुम’अनलाइन मार्फत् संचालन भएको कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष छायादत्त न्यौपाने ‘बगर’ ले गर्नुभएको थियो । विशेष वक्ताहरुमा समालोचकहरु डा.रामप्रसाद ज्ञवाली र डा.ताराकान्त पाण्डेले काव्य विधामा देखा परेको नयाँ रुप ‘साइनो’ बारे आ–आफ्ना धारणाहरु राख्नु भएको थियो । कार्यक्रममा सयौं साहित्यकारहरु सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि दुवालले “साइनो नेपाली कवितामा नौलो रुप भएको बताउनु भयो । साइनोको एउटा पुस्तक जनमत प्रकाशनबाट प्रकाशित गर्न पाउँदा खुसी लागेको उहाँले बताउनु भयो ।