रामहरी श्रेष्ठ/पार्थली
बेथान्चोक गाँउपालिका वडा नम्बर ३ मा गत मंगलबार निसान गाडी दुर्घटना भएको छ ।
पनौतीबाट ढुंर्खक जादै गरेको उक्त वा ५ ख २९४२ नम्बरको निसान गाडी ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले बताएको छ । निसान गाडीमा सिमेन्ट बोकेर गईरहेको अबस्थामा ब्रेक फेल भई अनियन्त्रित भई गाडी सडकबाट करीब १०० मिटर तल खसेको बताएको छ । दुर्घटनामा गाडीचालक घाईते भएको र घाईतेको धुलिखेल अस्पतालमा उपचार भैईरहेको बताएको छ ।





