भकुण्डेबेसी/नमोबुद्ध नगरपालिका काभ्रेमा आइसोलेसन स्थापनाका लागि सेभ द चिल्ड्रेनले आवश्यक सामग्री प्रदान गरेको छ ।
नगरपालिकालाई आइसोलेसन बेड १५ सेट, ग्लोभ्स १ हजार थान, सेनिटाइजर ५० बोतल, पिपिई सेट २० थान, रबर बुट २० थान उपलब्ध गराइएको हो । कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि यी सामग्री प्रदान गरिएको सेभ द चिल्ड्रेनले जनाएको छ । नगरप्रमुख टंकप्रसाद शर्माले सहयोगका लागि सेभ द चिल्ड्रेनलाई आभार व्यक्त गरेका छन् ।
नमोबुद्ध नगरपालिकामा हाल ५६ बेडको क्वारेन्टाइन रहेको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै १५ बेडको आइसोलेसन स्थापना गर्न लागिएको हो ।
हाल नमोबुद्ध नगरपालिकाको क्वारेन्टाइनमा ७ जना रहेका छन् । हालसम्म उक्त क्वारेन्टाइनमा बसेका ९३ जना डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म नगरपालिकामा कोरोना पोजेटिभ बिरामी नभेटिएको नगरपालिकाले जनाएको छ





