2026 April 23/ 12:12: 56am

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको लोकेश्वर मन्दिरको पुनर्निर्माण गरिएको छ । २०७२ सालको भुकम्पले क्षति पुगेपछि नगरपालिका र वडाले उक्त मन्दिरको सम्पदा संरक्षण समितिबाट निर्माण गरिएको थियो । 
मन्दिरको पुनर्निर्माण सम्पन्न पश्चात जनैपूर्णिमाको दिन साँझ दिप प्रज्वलन गरिएको थियो । दिप प्रज्वलन बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । वादेले नगर भित्र रहेका सम्पूर्ण पाटी, मठ–मन्दिर, पोखरी, ईनारलाई पुनर्निर्माण गरी संरक्षण गरिने बताउनु भयो । यसैवर्षबाट नगरपालिकाले पौराणिक सम्पदा अनुसार नै पुनर्निर्माण गरिने वादेले वताउनु भयो । 
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दान बहादुर मानन्धर, पुर्व वडा अध्यक्ष धर्म मानन्धर, समाजसेवीहरु शान्तिरत्न शाक्य, रत्नकुश रञ्जित, रामशरण दाहाल, मंगलमान प्रजापति, विक्रम प्रजापति, वडा सचिव रत्न श्रेष्ठ, सुनचाँदि ब्यबसायी संघका अध्यक्ष दानकाजी शाक्य लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सम्पदा संरक्षण समितिका अध्यक्ष निरन शाक्यले उक्त लोकेश्वर मन्दिर वर्षको १ महिना गुँला पर्वमा मात्र खुल्ने भएको हुँदा यो वर्षबाट प्रत्येक पूर्णिमा साँझ दिप प्रज्वलन गर्न लागिएको बताउनु भयो । सम्पदा संरक्षणमा हामी युवाहरु लागेका छौं उक्त कार्यलाई नगरपालिकाले र वडाले साथ दिएकोमा धन्यबाद दिनु भएको थियो । 
शाक्यले सम्पदा जोगाउनु सबै स्थानियबासीहरुको समेत दायित्व रहेको बताउनु भएको थियो ।