2026 April 23/ 01:39: 58am

धुलिखेल/वाटरएड नेपालको सहयोगमा सिविक फोरम, काभ्रेपलाञ्चोकद्धारा जिल्लाको भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिकामा खुट्टा मार्फत हात धुने परियोजना कार्यान्वयन शुरु भएको छ । 
परियोजनाले भुम्लु गाउँपालिकाक १० वटा वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र खोप केन्द्रहरुमा समेत गरी २५ स्थानमा हातले नछोई खुट्टाको प्रयोगले हात धुने स्टेशन स्थापना गर्नेछ भने चौरीदेउराली गाउँपालिका कार्यालय, ९ वटा वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, खोप केन्द्रहरु र प्रहरी चौकीहरुमा गरी २५ स्थानमा हातले नछोई खुट्टाको प्रयोगले हात धुने स्टेशन स्थापना गर्नेछ । त्यसै गरी परियोजनाबाट भुम्लु गाउँपालिकामा ३० जना, चौरीदेउराली गाउँपालिकामा ३० जना गरी ६० जना स्थानीय व्यक्तिहरुलाई २ दिने लिक्युड सप बनाउने तालिम उपलब्ध गराउने छ भने भुम्लु गाउँपालिकामा १५ जना र चौरीदेउराली गाउँपालिकामा १५ जना गरी ३० जना स्थानीय व्यक्तिहरुलाई ३ दिने माक्स बनाउने तालिम उपलब्ध गराउने छ । २ वटा तालिम लिएका व्यक्तिहरु मध्येबाट एक÷एक जना छनौट गरी २ वटा गाउँपालिकाका ४ जना व्यक्तिहरुलाई स्थानीय स्तरमा नै लिक्युड सप र माक्सको व्यवसायिक उत्पादन शुरुवात गर्न परियोजनाबाट प्रति व्यक्ति ३० हजारको दरले आर्थिक सहयोग गाउँपालिकासँगको समन्वयमा उपलब्ध गराउने छ । परियोजना जुलाई, २०२० देखि जनवरी, २०२१ सम्म ७ महिना संचालन हुने सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले बताएका छन् ।