2026 April 23/ 01:39: 59am

बनेपा/जिल्ला आर्युेवेद अस्पताल बनेपाले बनेपा नगरपालिका भित्र रहेका जेष्ठ नागरीकहरुलाई रोगसँग लड्न् सक्ने प्रतिरोधात्मक क्षमता बढाउने आर्युवेदिक औषधी वितरण गरेको छ । 
अस्पतालका प्रमुख डा. मनोज चौधरीका अनुसार कोरना लगायत जेष्ठ नागरीकहरुलाई सबै रोग सँग लडने गुर्जो, (पाउडर) चुर्न, जोर्नी दुखेको, ठाँउमा लगाउने महानारायणी तेल, अशोगन्धा लगायतका रसायन औषधी वितरण गरिएको हो । अस्पतालले जिल्लाको १३ वटै पालिकामा आर्युबेद औषधी वितरण गरिरहेको उहाँले बताउनु भयो । नगरपालिकाहरुमा जेष्ठ नागरीकहरुलाई रोग सँग लडने प्रतिरोधात्मक क्षमता बढाउने औषधि, योगा कार्यक्रम गर्दे आएको चौधरीले बताउनु भयो । डा.चौधरीले आगामी दिनहरुमा जेष्ठ नागरीक र सर्बसाधारणलाई आर्युबेद औषधी वितरण गर्दै जाने बताउनु भयो ।