पाँचखाल/पाँचखाल नगरपालिका वडा नम्बर ३ का सानो कान्छा दनुवार र चन्द्रकला दनुवारका १६ महिने छोरा समर्पण दनुवारको मुत्रथैली अपरेशनको लागी आर्थिक अबस्था कमजोर भएपछि विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले उनको उपचारका लागी सहयोग गर्न थालेका छन् ।
दनुवारको आर्थिक अबस्था कमजोर र उपचारमा धेरै रकम लाग्ने भएको हुदाँ पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, वडा नम्बर ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, सामाजिक अभियान्ता दिलिप कुमार श्रेष्ठ, समाज कल्याण युवा क्लबका अध्यक्ष मनोज बजगाई, उद्योग वाणिज्य पाँचखालका अध्यक्ष राजन कार्की, उपाध्यक्ष दिल बहादुर श्रेष्ठ, वडा नम्बर ६ का विकास लामा, सुशिल दनुवार, मनोज दनुवार, रुपक दनुवार मुकुन्द गौतम र समाजसेवी उद्धब प्रसाद अधिकारी लगायतका बक्तिहरुले सहयोग गरेका छन् । दनुवारको उपचारमा सहयोग गर्न चाहनुहुने ब्यक्ति तथा संस्थालाई नेपाल बैंक लिमिटेड पाँचखाल शाखाको खाता नम्बर १२४०१६०६८६८२८७०००००१ मा जम्मा गर्न





