2026 April 23/ 12:00: 00am

बनेपा/सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को २६ औ स्थापना दिवस सहकारी विज्ञ तथा नेफ्स्कुनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी प्रधानाङ्गले सामुदायिक सहकारीले आफ्ना संस्थाहरुको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर बृद्धि गर्न लाग्नुपर्ने बताउनु भयो । मुलुक लकडाउनको अबस्थामा पनि सदस्यहरुको सर्वाेपरी हितलाई ध्यानमा राखेर संस्था सञ्चालन गरी सेवा प्रदान गरे बापत ब्यबस्थापनलाई धन्यबाद दिनु भएको थियो । एक रुपैयाँ गरिबको लागी मेरो सहयोग सधैंका लागी भन्ने नारा सहित संचालित सक्षम गरिब निवारण कोष अन्र्तगत पाँचखाल निवासी रन्जु सुनुवारलाई ब्यबसाय प्रर्वद्धनका लागी सिलाई मेशिन प्रदान गरिएको थियो । 
कार्यक्रममा नेफ्स्कुनका बरिष्ठ प्रशासकिय अधिकृत शिव अधिकारी र कर्मचारी रश्मी डंगोल, संस्थाका सरोज काजी श्रेष्ठ, प्रबन्धक पार्वती थापा, सञ्चालक समिति, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका प्रगतिका बारेमा र धन्यबाद ज्ञापन सरोजकाजी श्रेष्ठले राख्नु भएको थियो । 
कार्यक्रम संञ्चालन भवानी जोशीले गर्नु भएको थियो भने सभापतित्व रमेशकाजी श्रेष्ठले गर्नु भएको थियो ।