उद्धव प्रसाद अधिकरी/पाँचखाल
पलाञ्चोक भगवती मावि पाँखाल नगरपालिका ९ मा रहेको विद्यालयको ४ कोठे भवनको शिलन्यास गरिएको छ ।
भवन शिलन्यास पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले गर्नु भएको थियो । खरेलले पाँचखाल नगरपालिकाकालाई विकासमा कुनै राजनीति नहेरिने बताउनु भयो । नगरपालिकामा २ वटा विश्वविद्यालय बन्ने तयारीमा रहेकाले शिक्षा, र कृषिको हब बनाउन लागेको बताउनु भयो । नगरमा धेरै ठुला ठुला योजनाहरु शुरु गरिएकाले सबै नगरबासीहरुको सहयोग आवश्यक रहेको खरेलले बताउनु भयो । विद्यालयमा भवन मात्र भएर नपुग्ने भन्दै गुणस्तरीय शिक्षा आवश्यक भएकाले सोहि अनुसारको शिक्षा दिन शिक्षकहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष किरण श्रेष्ठ, स्थानिय बुद्धिजिबी, समाजसेवी, शिक्षाप्रेमी, अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यालयका प्रध्यानाध्यापक भेग वहादुर थापाले विद्यालयमा ६ कोठे भवन तयार गरिएको, लाईब्रेरी, ई–लाईब्रेरी, कम्प्युटर ल्याब तयारी भएको र विज्ञान प्रयोगशाला निर्माणको चरणमा रहेको बताउनु भयो । त्यसैगरी विद्यालयमा यस शैक्षिक वर्ष देखी अंग्रजी माध्यमबाट अध्यापन गराउने र आगामी वर्षबाट प्राविधिक शिक्ष खोल्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रम विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष उज्जवल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।





