धनेश्वर/डिभाईन युथ क्लवले धनेश्वर मन्दिरमा सरसफाई गरेको छ । साउन ५ गते पहिलो सोमबारका दिन युथ क्लवको टिमले धनेश्वर मन्दिर क्षेत्र आसपास सरसफाई गरेको हो ।
धनेश्वर मन्दिर आसपासको क्षेत्रमा भुकम्प पछि क्षति पु¥याएकाले पाटीहरुको पुननिर्माण भईरहेको छ । तर आसपासको क्षेत्रमा केहि महिना देखि थुप्रिएको फोहोर संकलन भएकाले सरसफाई गरिएको क्लवका पनौतीका संयोजक प्रमोद थापाले बताउनु भयो । धनेश्वरमा साउन महिनाका सोमबार तथा माघ महिनाका सोमबारहरुमा घुँईचो लाग्ने गरेको छ । तीजको दिन पनि उक्त मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुँईचो लाग्दै आएको छ । हरेक सोमबार धनेश्वर मन्दिर क्षेत्रमा लाईन मिलाउने र सरसफाई गर्ने कार्य गरिरहेको छ । पहिलो सोमबार २० जना युवा युवतीहरु सहभागि थिए भने दोश्रो सोमबार १७ जना युवा युवतीहरु सहभागि थिए ।
उक्त युथ क्लवले बनेपा नगरपालिका क्षेत्र भित्रको सरसफाईमा पनि योगदान पु¥याएको थियो । सामाजिक क्षेत्रमा कृयाशिल क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको संयोजक प्रमोद थापाले बताउनु भयो ।





