2026 April 23/ 12:13: 48am

भैसेपाटी/बनेपा नगरपालिका वडा नम्बर १३ को स्पाईनल मार्गको पक्की सडक खण्डको उद्घाटन बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । 
बनेपा नगर स्तरीय योजना अन्र्तगत नगरको १० लाख र उपभोक्ता बाट ४ लाख गरी १४ लाख रुपैयाँ खर्च उक्त सडकमार्ग ढलान गरिएको उपभोक्ता समति अध्यक्ष शिला घोरसाईनेले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी बादेले स्थानिय बासी र उपभोक्ताको सहयोग विना कुनै पनि योजना सफल नहुने बताउनु भयो । नगर वा वडाको मात्र बजेटले केहि पनि गर्न सकिदैन, बादेले भन्नुभयो उपभोक्ताको सहभागिता र सहयोगमा सबै योजना सम्पन्न भएका छन । नगरका सबै वडामा उपभोक्ताको सहभागितामा ९० प्रतिशत योजना सफल र गुणस्तरीय रहेको बादेले वताउनु भयो । नगरले पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका विकासमा ध्यान दिदै आएको बादेले वताउनु भयो । नगरका जनतालाई कसरी सुखी र समृद्धि बनाउने तर्फ नगरको ध्यान गएको बादेले बताउनु भयो । 
बेरोजगार युवालाई रोजगारीका लागी नगर तथा वडामा फाराम खुलेको बताउँदै ब्यक्तिको योग्यता र सरकारको मापदण्ड अनुसार रोजगार उपलब्ध हुने भएकाले बेरोजगार युवाले तुरुन्त सम्पर्क राख्न बादेले आग्रह गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धब केसीले स्थानीयको सहयोग र सहभागिताले योजना चाडो सम्पन्न गर्न सहज भएको वताउनु भयो । केसीले आगामी वर्षको लागी उक्त मार्गलाई सघं सरकारले ५० लाख राखेकाले उक्त रकमको चाँडो सदुपयोग गरी काम गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य नारायण नापितले वडा स्तरीय तथा नगरका योजनामा वडाबासीको सहभागिता चाहिने बताउनु भयो । योजना तथा विभिन्न तालिम आईरहने हुदाँ  वडा मा सम्पर्क राखिरहन अनुरोध गर्नु भएको थियो ।  कार्यक्रम उपभोक्ता समितीका अध्यक्ष शिला घोरसाईनेको सभापतित्वमा सम्पन्न भएको थियो ।