2026 April 23/ 12:00: 04am

बनेपा/कोरोना संक्रमितहरुको सख्या बढदै गएको अबस्थालाई ध्यानमा राखेर गुँला पर्वको अवसरमा बनेपामा हुने सम्पुर्ण धार्मिक जात्रा तथा पंचदान बन्द गरिएको छ । 
श्रावण शुक्ल प्रतिपदाका दिन देखि भदौ कृष्ण औंसी सम्म बनेपा तथा आसपासका जिल्लामा मनाउने गरिन्छ । नेवा समुदायका बोद्ध धर्मालम्बीहरुले एक महिना सम्म स्नान गरी परम्परागत नौ बाजा बजाएर विभिन्न बैद्धका मन्दिर परिक्रमा गर्ने चलन रहेको दिपंकर चुडाकर्म सघंका अध्यक्ष एवं बनेपा नगर पालिका वडा नम्बर ७ का अध्यक्ष वर्ण शाक्यले वताउनु भयो । शाक्यले सम्पुर्ण धर्मालम्बीहरुलाई कोरोना लकडाउनको विषम परिस्थतीमा सुरक्षित रहन समेत अनुरोध गरेका छन् भने दिपंकर भगवानको नियमित नित्यपुजा मात्र संचालन गरिने बताउनु भयो । यस वर्षको गुँला पर्व साउन ६ गते मंगलबार परेको थियो ।