जनागाल/साविक उग्रतारा जनागाल गाविस – ८ हाल बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको जनहित युवा क्लबको आयोजना भएको भेलाले समिति पुनर्गठन गरेको छ ।
भेलाले अशोक विष्ट अध्यक्ष, गीता कुंवर उपाध्यक्ष, रामसुन्दर थापा सचिव, अनुप विष्ट कोषाध्यक्ष र सदस्यहरुमा सुरेन्द्र खत्री, उमेश विष्ट, रुपचन्द्र थापा, जीवन भुजेल, राजु केसी र रविन्द्र देउजा चयन भएका छन् । त्यसैगरी भेलाले ९ सदस्य सल्लाहाकार समिति र ५ सदस्य विधान मस्यौदा समिति गठन गरेको छ । कार्यक्रममा क्लबका संस्थापक सदस्यहरु यादब थापा, हरिशरण देउजा, श्रीराम खत्री, समाजसेवी प्रधुम्न न्यौपाने, सानुभाई विष्ट सहभागीको तर्फबाट सुरज केसी, रुपचन्द्र थापा, राजु केसी र सुरेन्द्र केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा क्लबले नाम जस्तै जनहितमा सेवा गर्नु पर्ने धारणा ब्यक्त भएका थिए । सबै वर्ग जाति उमेर र विचारका आधारमा मानिसहरुलाई सामाजिक सेवामा संलग्न गराई सामाजिक सहयात्रा गर्न सुझाब दिईएको थियो । संस्थाको जनागालमा ४ आना जग्गामा बनेको आफ्नै २ कोठे भवन रहेको छ । २०३७ सालमा स्थापना भई जिल्लाकै पुरानो र प्रतिष्ठित सामाजिक संस्था कृयाशिल अवस्थामा रहेको छ ।





