2026 April 23/ 12:01: 58am

बनेपा/नेपाली कांग्रेस बनेपा नगर समितिले ३८ औं विपी स्मृति दिवसको अवसरमा बनेपामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । नगर सभापति राम जोशीका अनुसार नगर कार्य समितिले हरेक वर्ष सामाजिक उत्तरदायित्व बहन गर्दै विपीको विचारलाई अनुशरण गर्दै समाजकै लागि योगदान पु¥याउँदै आएको छ । 
खुल्ला रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए । बनेपा स्थित पार्टी भेन्युमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।