श्रीखण्डपुर/सनलाईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ कार्यालयबाट सेवा शुरु गरेको छ । सदस्यहरुको सेवा सुविधा बढाई थप ब्यबस्थित गर्नको लागी नयाँ कार्यालयबाट सेवा शुरु गरिएको संस्थाका अध्यक्ष पूर्ण सागर रञ्जितले बताउनु भयो ।
नयाँ कार्यालयको उद्घाटन धुलिखेल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गंगा सागर रञ्जितले गर्नु भएको थियो । रञ्जितले एउटै प्रकार भएका सहकारीहरु मर्ज गरी सञ्चालन गर्न आग्रह गर्नुभयो । सहकारीको नीति अनुसार पनि सहकारी थपिने भन्दा पनि भएका सहकारीहरु बाट सदस्यहरुलाई थप ब्यबसायीक कार्यालमा लगानी गरी मर्ज गर्नुपर्ने बताउनु भयो । पछिल्लो समय सहकारीप्रति जनमानसको शंका रहेकाले उक्त देखिएको शंका हटाई सदस्यमुखी बन्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला बचत सघंकी द्वितीय उपाध्यक्ष तिर्थमाया प्रधान, पूर्व वडा अध्यक्ष पूर्णबहादुर कर्माचार्य, श्रीखण्डपुर माविका पूर्व प्रध्यानाध्यापक जयराम श्रेष्ठ, संस्थाका सल्लाकार भवसागर रञ्जीत लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाको कुल कारोबार ४ करोड ५० लाख र शेयर पँुजी ३७ लाख रहेको सचिब सुरेन्द्र शुद्धाकारले बताउनु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष पूर्ण सागर रञ्जितको सभापतित्वमा सम्पन्न भएको थियो ।





