2026 April 23/ 12:00: 04am

नाला/बनेपा नगरपालिका वडा नम्बर १,२, ३ र ४ मा पशु विमा गर्ने कृषकहरुलाई नगरपालिकाले ७५ प्रतिशत अनुदान वितरण गरेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा पशुहरुको विमा गर्ने कृषकहरुलाई उक्त पशु विमा प्रिमियमको अनुदान रकम वितरण गरिएको नगर उप–प्रमुख रेखा सापकोटाले बताउनु भयो । नगरले कृषि पशुपन्छी सम्बन्धि कार्यविधि बनाई सकेको हुदाँ सोहि कार्य अनुसार अगाडी बढेको सापकोटाले बताउनु भयो । नगरले कृषि, पशु स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासलाई विशेष जोड दिएको र योजना छनौट गर्दा नै कृषि र पशु सम्बन्धिका योजना माग गर्न दाहालले आग्रह गर्नु भयो । कृषकहरुलाई तरकारी खेती सम्बन्धि तालिम, विभिन्न तरकारीका विउ विजन वितरण, गोठ सुधार, तरकारी संकलन केन्द्र सञ्चालन गरेको दाहालले वताउनु भयो । 
कार्यक्रममा नगर भरिका ४ सय ३८ जना कृषकहरुको गाई ८ सय ७०, भैसी २ सय १८, बाख्रा ९८ गरी जम्मा १ हजार १ सय ८६ वटाको ७ लाख ३० हजार ९ सय वीमाको प्रिमियम अनुदान रकम वितरण गरेको शाखा प्रमुख श्यामनारायण महतोले बताउनु भयो । कृषकहरुलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराउने जिललकै पहिलो नगरपालिका भएको महतोले भन्नुभयो । कृषकहरुलाई वार्षिक कार्यक्रम धेरै भएकाले वडा, नगरपालिका, भेटेरिनरी शाखामामा सम्पर्क गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पिताम्बर दुलाल, वडा नम्बर २ का वडा अध्यक्ष हरिशरण घिमिरे, वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल र वडा नम्वर ४ का वडा अध्यक्ष तथा प्रवक्ता श्याम सुन्दर श्रेष्ठको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन पशु प्राबिधिक पवन केसीले गर्नु भएको थियो ।