नमुना गोठ सुधार अनुदान वितरण
बनेपा/बनेपा नगरपालिका भेटेरिनरी शाखाको आयोजनामा नगर भित्रका कृषकहरुलाई नमुना गोठ सुधार अनुदान तथा कृत्रिम गर्भाधानकर्तालाई लजिष्टिक सामाग्री वितरण गरेको छ ।
नगर प्रमुख लक्ष्मी नरसिं बादेले कृषकहरुलाई नगरले दिएको कार्यक्रमलाई सहि सदुपयोग गर्न आग्रह गर्नु भएको थियो । नगरले प्रत्येक वडामा सुचना जारी गरी कृषकहरु सुचिकृत भई मापदण्ड अनुसार अनुदान वितरण गरिएको बताउनु भयो । भौतिक पुर्वाधार, सामाजिक सँगै कृषि स्वास्थ्य, शिक्षामा नगरपालिका सदैव लाग्ने बादेले बताउनु भयो । गोठ सुधार कार्यक्रमले कृषकको उत्पादनमा बृद्धि गरी आत्मनिर्भर बन्ने समेत बादेले बताउनु भयो ।
कार्यक्रममा उप–प्रमुख रेखा दाहाल सापकोटाले कृषक पहिला आफैले सरसफाईमा ध्यान दिनुपर्ने बताउनु भयो । नगरका हरेका योजनामा उपभोक्ता, कृषकहरुले चासोराखी सुविधा लिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, कृषि शाखा प्रमुख मुकुन्द केसी, कृषक लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा भेटेरिनरी शाखा प्रमुख श्याम नारायण महतोले नगरका ३९ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानका दरले नगद रु २० हजार र २० जना कृत्रिम गर्भाधान कर्तालाई लजिष्टिक सामाग्री वितरण गरिएको बताउनु भयो । नगरमा ७ हजार ८ सय पशुलाई कृतिम गर्भाधान गरिएको महतोले बताउनु भयो । कार्यक्रम पशु प्राविधिक पवन केसीले संचालन गर्नु भएको थियो ।
पशु विमा प्रिमियम रकमको अनुदान वितरण
त्यसैगरी बनेपा नगरपालिका भित्रका पशु विमा गर्ने कृषकहरुलाई ७५ प्रतिशत अनुदान वितरण गरेको छ । वितरण कार्यक्रममा नगर उप प्रमुख रेखा सापकोटाले नगरले कृषि पशुपन्छी सम्बन्धि कार्यविधि बनाई सकेको हुदाँ सोहि कार्य अनुसार अगाडी बढेको बताउनु भयो । नगरले कृषि, पशु स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासलाई विशेष जोड दिएको दाहालले बताउनु भयो । कार्यक्रममा ४ सय ३८ जना कृषकहरुको गाई ८ सय ७०, भैसी २ सय १८, बाख्रा ९८ गरी जम्मा १ हजार १ सय ८६ वटाको ७ लाख ३० हजार ९ सय वीमाको प्रिमियम अनुदान रकम वितरण गरेको शाखा प्रमुख श्याम नारायण महतोले बताउनु भयो । जिल्लाकै पहिलो नगरपालिका हो कृषकलाई ७५ प्रतिशत उपलब्ध गराउने महतोले भन्नुभयो । कृषकहरुलाई वार्षिक कार्यक्रम धेरै भएकाले वडा, नगरपालिका, भेटेरिनरी शाखामामा सम्पर्क गर्न आग्रह गर्नु भएको थियो ।
बनेपामा पशुपालन तालिम
बनेपा/बनेपा नगरपालिका भेटेनरी शाखाको आयोजनामा नगर स्तरीय पशुपालन तालिम सम्पन्न भएको छ । नगर प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा उक्त तालिम शुरु गरिएको थियो ।
असार २८ देखि ३० गतेसम्म आयोजना गरिएको तालिममा ५० जना उत्कृष्ट अगुवा कृषकहरु सहभागी गराईएको थियो । सहभागीहरुलाई दुई समुहमा विभाजन गरिएको थियो । तालिममा कृषकहरुलाई ब्यवसायिक पशुपालन र त्यसका समस्या तथा अवसरका बारेमा जानकारी गराईएको थियो । तालिमको समापन नगर उपप्रमुख रेखा सापकोटा दाहालले गर्नु भएको थियो ।





