2026 April 22/ 10:23: 52pm

बनेपा/१ सय १७ वर्ष देखि बनेपामा पुजिँदै आएको कन्या पुजा कोरोना भाईरसका कारण नहुने भएको छ । सनातन कन्या पूजा प्रवन्ध समितिले १ सय १७ वर्ष देखि बनेपामा कन्या पुजा गर्दै आएको थियो । 
    कृष्ण जन्मअष्टमीको दिन आयोजना हुने उक्त पुजामा बनेपा र आसपासका क्षेत्रबाट झण्डै १० हजार कन्याहरु सहभागि हुँदै आएका थिए । बनेपा र आसपासका क्षेत्रहरुमा कृष्णअष्टमीका दिन कन्याहरुको पुजा गरिदै आएको थियो । कोरोना भाईरसको संक्रमणका कारण सामाजिक दुरी अपनाउनु पर्ने र त्यसको तयारीका लागि आवश्यक ब्यवस्थापन गर्न कठिनाई हुने भएकाले कन्या पूजा गर्न नसकिएको सचिव सुरकृष्ण बैद्यले जानकारी दिनु भयो । २०७७ असार २८ गते बसेको कन्या पूजा प्रवन्ध समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठक समितिका अध्यक्ष गोपाल सिं मुस्याजुको अध्यक्षतामा बसेको थियो । बैठकमा विगतका वर्षहरुको कन्या पूजा, कन्या पूजाको महत्व र आवश्यकताका बारेमा छलफल भएको थियो ।