बनेपा/कोभिड १९ सँग आयुर्बेद भन्ने अभियान बोकेर जिल्ला आयुर्बेद स्वास्थ्य कार्यालयल काभ्रेले जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टिनहरुमा योगाभ्यास गराउँदै आयुर्वेदिक औषधी वितरण गरेको छ ।
२०७७ असार २ गते धुलिखेल नगरपालिकाको सञ्जिवनी क्वारेन्टिना रहेका ब्यक्तिहरुको उपचार, सुरक्षा र अन्य ब्यवस्थापनमा खट्ने अंग्रपक्तिका ब्यक्तिहरुको मनोबल उच्च राख्ने, तनाव ब्यवस्थापनका लागि योगाभ्यास, रोगप्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधी वितरण गरेको छ । असार ३ गते पनाौती नगरपालिकाको क्वारेन्टिनमा वितरण गरिएको आयुर्वेद औषधी २०७७ असार ५ गते बनेपा नगरपालिकामा असार १४ गते नमोबुद्ध नगरपालिकामा वितरण गरियो । त्यस्तै असार २४ गते रोशी गाउँपालिकाको मंगलटारमा, असार २५ गते पाँचखाल र मण्डनदेउपुरको क्वारेन्टिनमा वितरण गरिएको थियो । कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि उक्त आयुर्वेदिक औषधीहरु वितरण गरिएको हो । स्थानीय तहको समन्वय र जिल्ला स्तरीय निर्णयका आधारमा क्वारेन्टिनमा रहेका सबै नागरिकहरुका लागि उक्त औषधी उपलब्ध गराईएको थियो । रोगप्रतिरोधात्मक औषधीहरुको सेवनले नागरिकहरुको उर्जा थपिएको छ । महिनाभरी सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरी, कार्यालयका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
जनचेतनामुलक कार्यक्रम संचालन गरेको जिल्ला आयुर्वेद कार्यालयले स्वास्थ्य प्रर्वद्धनात्मक कार्यक्रम धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्यतामा असार ३० गते धुलिखेल नगरपालिकाको सञ्जीवनी क्वारेन्टिनमा सम्पन्न गरिएको छ । योग प्रशिक्षक क्षेत्रबहादुर तामाङ सुमनलाई सम्मान गरिएको उक्त कार्यक्रममा औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय काभ्रेका कविराज निरिक्षक रमेशप्रसाद पनेरु र कार्यक्रमका प्रमुख अतिथी विमला शर्माले क्वारेन्टिन ब्यवस्थापन, पौष्टिक आहार र नियमित अवलम्बन गर्नुपर्ने स्वास्थ्य जीवन शैलीका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम डा. मनोजकुमार चौधरीको अध्यक्षतामा तथा कृष्णप्रसाद पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।





