बनेपा/ज्यासननी आमा समुहको तेस्रो बार्षिक साधारण सभाबाट अध्यक्षमा कमला अवाल निर्विरोध निर्वाचित हुनु भएको छ ।
जसमा उपाध्यक्षमा उमा प्रजापति ,सचिवमा कल्पना प्रजापति, कोषाध्यक्षमा लक्ष्मी डंगोल र सदस्यहरूमा सुमित्रा श्रेष्ठ, सानु प्रजापति, मैया अवाल, निसा प्रजापति, ज्ञानु प्रजापति ,पूजा डंगोल, सुमित्रा देवी श्रेष्ठ रहनु भएको छ । साधारण सभाको उद्घाटन बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । वादेले नयाँ निर्वाचित कार्यसमितीलाई बधाई दिदै अझै उत्कृष्ट कार्य गर्न सुझाब दिनु भएको थियो । आमा समुह गठन भएपछि टोलकै सोन्दर्य भएकाले टोल समाजमा भएका विकृति, विसंगती हटाउन समुहले गर्न सक्ने भएकाले उक्त आमाासमुहको महत्व रहेको बादेले वताउनु भयो । आमा समुहले आफ्नो संस्कृति र सम्पदा जोगाउन, सास्कृतिक कार्यक्रममा सहभागिता देखाउन निकै महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । नगरपालिकाले यस्ता आमा समुहहरुलाई सहयोग गर्ने भएकाले कार्यक्रम बनाएर ल्याउन सुभाmब दिनु भयो । कार्यक्रममा लायकु टोल सुधार समितीका अध्यक्ष विक्रम प्रजापति, सल्लाकार गोविन्द रञ्जीत, लायकु साकोसका अध्यक्ष मंगलमान प्रजापति लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । साधारण सभामा समुहको वार्षिक प्रतिबेदन सचिब कमला अवाले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष कल्पना श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम समुहका अध्यक्ष सर्मिला डगंोलको सभापतित्वमा सम्पन्न भएको थियो ।





