बनेपा/अविरल बर्षात्का कारण मण्डनदेउपुर नगरपालिका वडा नम्वर १० स्थित इन्द्रावती खोलामा तीन जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजीकार्य भईरहे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।
खोलाले बगाउनेहरुमा मण्डनदेउपुर नगरपालिका १० घर भएका १३ बर्षिया अभिषेक नेपाली, मण्डनदेउपुर नगरपालिका वडा नम्वर १० का ४५ बर्षिय शम्भु नेपाली र सोहि वडाका ३३ बर्षिय चन्द्रबहादुर तामाङ रहेका छन् । नेपाली असार २६ गते खोलाले बगाएको थियो भने तामाङ र माझीलाई २७ गते साँझ बगाएको थियो । खोलाले बगाएका तीनैजनाको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।





