धुलिखेल/जन्मदिनको अवसरमा पनौतीमा रहेको माईती बृद्धाश्रममा रोशी गाउँपालिका निवासी स्थानीय संचारमाध्यममा कार्यरत अशोकबुद्ध लामाले सहयोग गरेका छन् । लामा अनलाईन, एफएममा कार्यरत छन् ।
लामाले पनौती आश्रममा आवश्यक भाँडाकुँडाहरु उपलब्ध गराएका छन् भने नगद ५ हजार सहयोग गरेका छन् । जन्मदिन कार्यक्रममा बोल्दै उनले रोशी गाउँपालिका अध्यक्ष डिबी लामाबाट प्रेरित भएर जन्मदिनको अवसरमा बृद्धाश्रमममा सहयोग गरेको बताउनु भयो । लामाले बृद्धाश्रममा प्लेट, गिलास, चम्चा लगायतका सामाग्रीहरु उपलब्ध गराएका थिए । जन्मदिन वृद्धाश्राम, बालआश्रम, अपांगता भएको व्यक्ति सडकमा रहेको व्यक्तिको साथमा जन्मदिन बनाउन सकेको अवस्थामा कोही पनि भौकै रहनु नपर्ने बताउनु भयो । लामा सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी मेनेजर हुन् ।





