बनेपा/नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखाको निर्माणाधीन भवन तथा रक्तसञ्चार असहाय कोषका लागि बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सहयोग रकमको चेक सोमबार एक कार्यक्रमका बिच बनेपा नगरपालिका मेयर लक्ष्मीनरसिंह बादेले नेपाल रेडक्रस सोसाइटी काभ्रेका संयोजक समुन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो । चेक हस्तान्तरण गर्दै मेयर बादेले मानवीय सेवाको क्षेत्रमा नेपाल रेडक्रसले पु¥र्याउने योगदानको स्मरण गर्दै आगामी दिन नगरपालिकाले थप सहकार्य गर्ने बताउनु भयो । नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका संयोजक समुन्द्रलाल श्रेष्ठले नगरपालिकाले गरेको सहयोग प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो । यसअघि नमोबुद्ध नगरपालिकाले पनि भवन निर्माणका लागि सहयोग गरेको थियो ।





