गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान
बनेपा/गणेशमान सिंह फाउण्डेशनले नेपाली काँग्रेसका जिल्ला नेताहरु राजेन्द्र खरेल र गोपालदास बादेलाई गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ ।
गणेशमान सिंहका सुपुत्र एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले नेताद्वयका घरमा पुगी खरेल र बादेलाई सम्मान गर्नु भएको थियो । खरेलको निवास नयाँ बानेश्वर तथा बादेको निवास बनेपा नै पुगेर सम्मान गरिएको थियो । नेपाली काँग्रेसमा रहेर निष्ठाको राजनीति गर्नुभएको र प्रजातन्त्र स्थापनामा योगदान गरे बापत् उच्च मुल्यांकन सहित सम्मान गरिएको नेता प्रकाशमान सिंहले बताउनु भयो । सम्मानित ब्यक्तित्वहरुलाई नगद २५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाईएको थियो । फाउण्डेशनले खरेल र बादे लगायत श्रीपतिदास जोशी ललितपुर, शिवगोपाल रिसल काठमाण्डौ, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदिपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतीरमण सुवेदीलाई सम्मान गरेको छ ।





