2026 April 23/ 12:00: 04am

युनियन लाईफले दियो ३० लाख
बनेपा/यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुर्घटनामा निधन भएकी विमित ब्यक्तिका आफन्तलाई मृत्युदावी बापत प्राप्त हुने रकम हस्तान्तरण गरेको छ । 
    २०७६ साल चैत्र ३ गते पनौतीमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका घर भई स्थानीय विद्यालयमा प्रधानाध्यापक रहेकी जुनिमाया गोले भ्लोन र उनकी छोरीको निधन भएको थियो । बुबासँगै बंैक र अन्य कामको सिलसिलामा पनौतीमा आएकी भ्लोनलाई टिपरले ठक्कर दिएको थियो । ठक्करका कारण दुवै जनाको घटनास्थलमा निधन भएपछि आक्रोशित भिडले ढुंगामुढा गरेको थियो भने प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । प्रशासनले चैत्र ४ गते दिनभर कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरीहरु पनि प्रर्दशनकारीको आक्रमणबाट घाईते भएका थिए । केहिलाई प्रहरीको गोलीको छर्रा लागेर घाईते भएका थिए । टिपर चालकलाई सवारी ज्यान अन्तर्गत गम्भिर लार्पवाहि गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । लकडाउनकै बीचमा उनी पुर्पक्षका लागि कारागार चलान भएका छन् । 
    जुनिमाया गोलेका श्रीमान छिरिङ्ग लामा २२ महिना देखि मलेसियामा कार्यरत थिए । मलेसियाबाट फर्किएर उनी श्रीमती जुनिमाया गोले र छोरीको अन्त्येष्टीमा सहभागी भए । श्रीमती जुनिमायाले युनियन लाईफ इन्स्योरेन्स कम्पनीमा सिमित भुक्तानी सावधिक जीवन बीमा योजना अन्र्तगत २०७६ मा २० लाख रुपैयाँको बीमा गर्नु भएको थियो । आफुसँग भएको ५ लाख रुपैयाँ र कम्पनीसँग १० लाख रुपैयाँ ऋण लिई बीमा गरी एजेन्ट बनेर कार्य गर्नु भएको थियो । कम्पनीको उक्त पोलेसीमा २० लाखको बीमा गर्दा थप २० लाखको सुविधा हुन्छ । बीमाङ्क दाबी बापत २० लाख, दुर्घटना मृत्युदावी बापत २० लाख, अतिरिक्त बोनस ८० हजार गरी ४० लाख ८० हजार रुपैयाँ भुक्तानी भएको छ । उक्त रकममा ऋण र ऋणको ब्याज बापत १० लाख ७७ हजार २ सय ४१ रुपैयाँ कट्टा गरी ३० लाख २ हजार ७ सय ५८ रुपैयाँ कम्पनीका बागमती प्रदेशका सहायक प्रबन्धक चन्द्रप्रदिप भट्टराईले मृत्यु भएकी जुनिमाया गोलेका श्रीमान् छिरिङ्ग लामालाई चेक हस्तान्तरण गर्नु भएको थियो । 
    चेक हस्तारण गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण खुलालले दुर्घटनामा मृत्यु भएकी शिक्षिका, स्थानीयबासी जुनिमायाको योगदानको स्मरण गर्दै समाज बदल्ने अभियानमा बीमा कार्यक्रममा सहभागि भई ब्यक्ति र समाज बदल्ने अठोट लिएकोमा उहाँको सपना पूरा गर्न परिवार समाजको दायित्व भएको बताउनु भयो । समाजसेवी रामकृष्ण हुमागाईले बीमा कम्पनीले ब्यक्ति र परिवारको मात्रै नभई राष्ट्रकै अर्थतन्त्रमा सहयोग पु¥याएकाले बीमामा आम नेपालीहरु सहभागी हुनुपर्ने बताउनु भयो । कम्पनीका चन्द्रप्रदिप भट्टराईले ब्यक्तिहरु बीमामा सहभागी हुँदा परिवार र समाजलाई फाईदा पुग्ने बताउनु भयो । कार्यक्रममा पनौती शाखा प्रमुख विक्रम खड्का लगायतले बीमाको महत्वका बारेमा बताउनु भएको थियो ।